नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। मिथिलाञ्चलमा पहिलो दिन साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ।
यस वर्ष तिथिको घटबढका कारण तिहार पाँचको सट्टा छ दिन मनाइने भएको छ। आज बिहान ११ बजेर १० मिनेटदेखि त्रयोदशी तिथि सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
धनतेरसका दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ किनेर लक्ष्मीको पूजा गर्ने मैथिल परम्परा छ। त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ।
आइतबार कुकुरपूजा र साँझ लक्ष्मीपूजा गरिनेछ भने आगामी बुधबार भैयादूज मनाएसँगै मिथिलाञ्चलमा दीपावली पर्व सम्पन्न हुनेछ।
प्रतिक्रिया दिनुहोस