२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

गाजामा युद्धविरामकै बीच इजरायली आक्रमण, बालकसहित आठ जनाको मृत्यु

सोमवार, कार्तिक १७ २०८३११:३५

काठमाडौं । एक वर्षअघि लागू भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी चार वर्षे बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

अस्पतालका अधिकारीहरूका अनुसार उत्तरी गाजा सहरको अल–रिमाल क्षेत्रस्थित काइरो स्कुलनजिक नागरिकहरूको समूहलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, दक्षिणी सहर खान युनिसको अल–मावासी क्षेत्रमा नियमित ड्युटीमा रहेका प्रहरी अधिकारीहरूलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा पाँच जनाको ज्यान गएको हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मृत्यु हुने प्रहरी अधिकारीहरूको उमेर २३ देखि ५३ वर्षसम्म रहेको जनाउँदै घटनालाई ‘नरसंहार’ को संज्ञा दिएको छ ।

यता, इजरायली सेनाले भने सैन्य गतिविधिमा संलग्न दुई समूहलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । यद्यपि, त्यसको पुष्टि हुने थप प्रमाण वा विवरण सार्वजनिक गरेको छैन ।

आक्रमणपछि गाजा सहरस्थित शिफा अस्पतालबाहिर मृतकका आफन्त तथा स्थानीय बासिन्दा शोकमा भेला भएका थिए । खान युनिसस्थित नासेर अस्पतालबाहिर पनि आफन्तहरू शोकमा डुबेका थिए ।

गत वर्ष अक्टोबरमा युद्धविराम लागू भए पनि गाजामा इजरायली हवाई आक्रमण लगभग दैनिकजसो जारी रहेको छ । युद्धविरामका बाबजुद जारी हिंसाका घटनाले गाजाको सुरक्षा र मानवीय अवस्थाबारे पुनः चिन्ता बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij