२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

आइतवार, कार्तिक १६ २०८३१०:०६

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको खबर प्राप्त गरेको थियो भने कात्तिक १५ गतेदेखि उनीहरूको हेलिकप्टरमार्फत उद्धारकार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ।

उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा , डिप्लिना बिस्वास  र राजेश डे रहेका छन्। यीमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन्।

प्रसिद्ध शे-फोक्सुण्डो तालको अवलोकनका लागि उनीहरू डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा अचानक भारी हिमपात भएपछि पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा उनीहरू त्यहाँ फस्न पुगेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको सकुशल उद्धार भइरहेको पुष्टि गरिएको छ।

साथै, प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने भएकाले सम्पूर्ण नागरिक तथा पर्यटकहरूलाई सचेत, सतर्क र सुरक्षित रहन प्रशासनले विशेष अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij