२०८३, कार्तिक ४ गते

मंगलवार, कार्तिक ४ गते २०८३

आरुघाटको बूढीगण्डकीमा बेलीब्रिज सञ्चालनमा, बाढीपछि आवतजावत सहज

सोमवार, कार्तिक ३ २०८३०३:२४

गोरखा । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको हो।

नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ।

२७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न अनुमति दिइएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।

बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पक्की पुल बगाएपछि स्थानीयवासीलाई नदी वारपार गर्न समस्या हुँदै आएको थियो। नयाँ बेलीब्रिज निर्माण भएपछि आवतजावतमा सहजता आएको छ।

गत असोज २५ गते बिहानपख बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटको पक्की पुल बगाएको थियो। त्यसपछि असोज ३१ गतेदेखि बेलीब्रिज निर्माण सुरु गरिएको थियो।

निर्माण सुरु भएको नौ दिनमै पुल तयार पारेर सोमबार सञ्चालनमा ल्याइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij