२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

शुक्रवार, आश्विन ३० २०८३०३:१४

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन्।

एमालेका मन्त्रीहरूले राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए।

मधेस सरकारबाट श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। प्रदेश सरकारको गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।

नयाँ सरकार गठनको कसरतका लागि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij