सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले आवश्यक पर्दा कुनै पनि मुद्दामा विधिवत् अनुसन्धान गर्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएको भनिएको अडियोबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्।
‘यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन। सरकारले कुनै पनि मुद्दा दबाउँदैन र सरकारको नियत पनि त्यस्तो छैन,’ मन्त्री तिमिल्सिनाले भने।
प्रतिक्रिया दिनुहोस