२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

बागलुङमा तीन वर्षमा अवैध नदी दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा

शुक्रवार, आश्विन ३० २०८३१०:२०

बागलुङ । बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा दोहनमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा ओसारपसार गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी, गलकोट नगरपालिकाअन्तर्गतको दरमखोला, बडिगाड गाउँपालिकाअन्तर्गतको बडिगाड खोला तथा ढोरपाटन नगरपालिकाका विभिन्न खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् ।

अवैध दोहनमा संलग्न टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको अर्यालले बताए ।

प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि पठाएका सवारीसाधनलाई सम्बन्धित स्थानीय तहले तोकिएको राजस्व तथा जरिवाना लिएर छाड्ने गरेका छन् । दोहनबाट भएको क्षतिको अनुमानका आधारमा स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम रकमसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बागलुङ नगरपालिकाअन्तर्गत सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यस्तै, ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चारवटा सवारीसाधन कारबाहीमा परेका थिए ।

कारबाहीमा परेका सवारीसाधनबाट तीनवटा स्थानीय तहले एक लाख ५७ हजार २८० रुपैयाँ राजस्व सङ्कलन गरेका थिए ।

नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा प्राकृतिक स्रोतको क्षयीकरण हुनुका साथै नदीको बहाव, वातावरण र आसपासका बस्तीमा समेत असर पर्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij