२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

करदाता उपहार कार्यक्रममा सहभागी हुने म्याद असोज ३१ सम्म

बिहिवार, आश्विन २९ २०८३१२:३३

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकेको छ।

विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्म जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। उक्त अवधिका उपहार कुपन कात्तिक १ गते खोलेर विजेता घोषणा गरिने विभागले जनाएको छ।

कार्यक्रममा सहभागी हुन तोकिएको अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको आधिकारिक पोर्टल https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गर्नुपर्नेछ। विवरण प्रविष्ट गरेपछि उपभोक्ताले उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने स्पष्ट पार्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।

त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij