२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

विद्युत् महसुलमा ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान पुनःसुरु

बुधवार, आश्विन २८ २०८३१२:१२

काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो ।

पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पुनःसञ्चालन गर्ने निर्णय गरिएको बताए ।

पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वानसमेत गरेको छ ।

विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत भ्याट हटाउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij