२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

नारायणी बाढीको वितण्डा : चितवनतर्फ तटबन्ध क्षतिग्रस्त

बुधवार, आश्विन २१ २०८३१०:४२

चितवन । नारायणी नदीमा आएको बाढीले चितवनतर्फ नदीकिनारमा निर्माण गरिएको १ हजार १५० मिटर तटबन्धमा क्षति पुर्‍याएको छ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुरमा १०० मिटर तथा गौरेश्वर, गाँजीपुर र कटेरो क्षेत्रमा ५०–५० मिटर तटबन्धमा क्षति पुगेको हो।

भरतपुर क्षेत्रमा नारायणी पुलदेखि गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ। तटबन्ध भएका अधिकांश क्षेत्रमा क्षति सामान्य रहेको पौडेलले बताए।

उनका अनुसार चितवनतर्फ तटबन्ध निर्माण भएकाले बाढीको क्षति तुलनात्मक रूपमा कम भएको छ। तर, नवलपरासीतर्फ तटबन्ध निर्माण नभएका क्षेत्रमा भने नदी कटान र क्षति बढी भएको छ।

नवलपरासीतर्फ अमलटारी, नन्दपुर, सीतापुर, सेरी, पर्सौनी, तमासपुर, बगुवान, खोटेसिमल, ब्रह्मस्थान, पिठौजी, नौनेघाट, घोसारघाट र सुस्तालगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको पौडेलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij