२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

दसैँ बिदामा पनि खुला रहने राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय

बिहिवार, आश्विन २९ २०८३०४:१३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू दसैँ बिदाका दिनमा पनि खुला रहने भएका छन्। मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी ग्रहण गर्न तथा आकस्मिक प्रकृतिका घटनाको अनुगमन गर्न आयोगले यस्तो व्यवस्था गरेको हो।

आयोगको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाका दिनमा समेत बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।

यस अवधिमा मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरी दिन तथा आकस्मिक प्रकृतिका घटनाबारे जानकारी गराउन आयोगका सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिनेछ। आकस्मिक प्रयोजनका लागि आयोगले तोकेका कार्यालय तथा मोबाइल नम्बरमार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दसैँ बिदाका समयमा पनि मानव अधिकारको संरक्षण तथा संवर्द्धनसम्बन्धी कार्यलाई निरन्तरता दिन कार्यालय खुला राख्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij