२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

नेपालमा ६ महिनामा सर्पदंशबाट १०६ जनाको मृत्यु

बिहिवार, आश्विन २९ २०८३०१:०६

काठमाडौं । नेपालमा पछिल्लो ६ महिनाको अवधिमा सर्पको टोकाइ (सर्पदंश) बाट १०६ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८३ वैशाख १ देखि असोज २९ गतेसम्म देशभर सर्पदंशका एक हजार ५८५ घटना दर्ता भएका छन्।

उक्त अवधिमा सर्पदंशका घटनामा परी एक हजार ४९२ जना घाइते भएका छन् भने एक हजार ५९० परिवार प्रभावित भएका छन्।

तथ्याङ्कले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्य र विपद् व्यवस्थापनको चुनौतीका रूपमा रहेको देखाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij