२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेसको मुस्लिम क्लस्टरबाट पाँच केन्द्रीय सदस्य निर्वाचित

बिहिवार, आश्विन २९ २०८३०१:५८

काठमाडौं । नेपाली कांग्रेसको मुस्लिम क्लस्टरबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। मुस्लिम खुलातर्फ तीन जना र मुस्लिम महिलातर्फ दुई जना गरी पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

मुस्लिम खुलातर्फ तीन केन्द्रीय सदस्यका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा डा. अताबुल अन्सारी, अब्दुल रज्जाक गद्दी र मो. इर्शाद खान विजयी भएका छन्।

निर्वाचन परिणामअनुसार डा. अताबुल अन्सारीले ३ हजार ३१७ मत, मो. इर्शाद खानले १ हजार ८६३ मत र अब्दुल रज्जाक गद्दीले १ हजार ७११ मत प्राप्त गरेका छन्।

त्यस्तै, मुस्लिम महिला क्लस्टरबाट दुई केन्द्रीय सदस्यका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धाबाट जमिला खातुन र सनम बेगम निर्वाचित भएका छन्।

खातुनले २ हजार ८३५ मत प्राप्त गर्दा बेगमले २ हजार ११६ मत प्राप्त गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij