२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

एभरग्रीन वर्ल्डवाइडको १४औँ वार्षिकोत्सवमा ५० राष्ट्रिय व्यक्तित्व सम्मानित

आइतवार, श्रावण १७ २०८३०९:५५

काठमाडौं। ‘कर्मअनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो स्थापनाको १४औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार, नेपाली मौलिक परम्पराअनुसार खीर खाने दिनको अवसर पारेर काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीत, साहित्य, समाजसेवा तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका ५० जना व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रथम नेपाली चलचित्रकी नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम केसी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ र निर्मलराज पौडेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सयौँ व्यक्तिको सहभागिता थियो।

शिवहरि नेपाल ‘बैरागी’लाई दीर्घ साधना सम्मान

यस वर्षदेखि प्रारम्भ गरिएको दीर्घ साधना सम्मान पुरस्कार निरन्तर रूपमा कलाकारिता क्षेत्रमा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरि नेपाल ‘बैरागी’लाई प्रदान गरिएको छ। सम्मानसँगै उहाँलाई नगद रु. ३३ हजार ३३३ प्रदान गरिएको थियो।

नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विशिष्ट सञ्चारकर्मी, उद्घोषिका तथा समाचारवाचिका कल्याणी रिमाल, चलचित्रकर्मी सुभाषप्रसाद गजुरेल, श्याम राई, विश्व साइकलयात्री तथा विश्व शान्ति अभियन्ता पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा. डा. मिनु चौधरी, चलचित्रकर्मी बद्रीप्रसाद पुडासैनी, नरेन्द्र थापा, आरपी पन्त र कमलकान्त मैनाली सम्मानित भएका थिए।

त्यसैगरी, नृत्य–थेरापी प्रशिक्षक चरण प्रधान, चलचित्रकर्मी सुशील पोखरेल, एनबी महर्जन, कृष्णप्रसाद ढुङ्गाना, विजय देउजा, मुकुन्द थापा, साहित्यकार राधा पराजुली भण्डारी, चलचित्रकर्मी उमेश खड्का, होटल सञ्चालन निर्देशक दीपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुवेदी र वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरिएको थियो।

सम्मानित हुने अन्य व्यक्तित्वहरूमा चलचित्रकर्मी राजेन्द्र केसी ‘राजु’, धिरेन शाक्य, चलचित्रकर्मी तथा व्यवसायी किशोर घिमिरे, वरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, वरिष्ठ समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता तथा उद्योगपति हेमकान्त पराजुली र चलचित्रकर्मी शिवशंकरप्रसाद रिजाल ‘जोगिन्दर’ रहेका छन्।

त्यस्तै, गायक तथा सङ्गीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा सिर्जनशील सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, वरिष्ठ समाजसेवी उद्धवप्रसाद पाण्डे, गायक तथा समाजसेवी गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिवन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागर र वरिष्ठ नाट्यकर्मी तथा चलचित्रकर्मी जेबी डीसीलाई पनि सम्मान गरिएको थियो।

नायिका तथा मोडल मोनिका दाहाल, भिजुअल इफेक्ट्सकर्मी अच्युत बजगाईं, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा तामाङ ‘खम्बे’, कलाकार, लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई ‘लब्ली’, नायिका तथा मोडल सबिना कार्की तथा समाजसेवी एवं महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना पनि सम्मानित भएका थिए।

सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक

कार्यक्रम अवधिभर बालाजुको महिला नौमती बाजा समूहले मौलिक बाजाको प्रस्तुति दिँदै वातावरणलाई सांस्कृतिक र उत्सवमय बनाएको थियो। कार्यक्रमको लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।

गायक तथा सङ्गीतकार कृष्ण भट्टराईको साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू रमाएका थिए। चुडामणि फुयाँलको कोरियोग्राफीमा एनके डान्स एन्ड फिल्म प्रोडक्सन तथा महान् सिद्धार्थ हाई स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेको भावनात्मक नृत्यले दर्शकहरूलाई भावुक बनाएको थियो।

कार्यक्रमको आयोजक टोलीमा विशिष्ट चलचित्रकर्मी तथा सल्लाहकार रवीन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुङ्गेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा ‘रिदम’, स्वास्थ्यकर्मी सिकृता वस्ती तथा गीतकार एवं लेखक भानुभक्त ढकाल रहेका थिए।

कार्यक्रमलाई चलचित्र विकास बोर्ड, फेसन पार्टनर माहेरु फेसन एन्ड डिजाइन प्रालि, मार्टिनास कलेक्सन, निकिला मिडिया नेटवर्क, बैंकिङ पार्टनर माछापुच्छ्रे बैंक लिमिटेड, सुपर नेट सुपर सीतापाइला केबल नेट, शुभारम्भ प्रिन्टिङ एन्ड प्याकेजिङ कम्पनी प्रालि, महिला नौमती बाजा समूह, ब्लुबेरी मिडिया प्राइभेट लिमिटेड र सजिलोपत्र डटकमले सहयोग गरेका थिए।

त्यस्तै, अटो नेपाल म्यागेजिन, नेपाल व्यायाम मन्दिर, हेल्थकेयर पार्टनर इसान बाल तथा महिला अस्पताल, फाइन एजुकेसन, बीके फिल्म्स, गोल्डेन हर्ष फिल्म्स, कान्तिपुर इन्टरनेसनल कलेज, फिटनेस फर्स्ट, एम्पेयर एसटीसी सोलुसन, महान् सिद्धार्थ हाई स्कुल, एनके डान्स एन्ड फिल्म प्रोडक्सन, नानो इनर्जाइजर सेरामिक कोटिङ, विस आई फिल्म्स, बलामी मोबाइल सेन्टर, वेलकम एड्भरटाइजिङ एन्ड मार्केटिङ प्रालि, राष्ट्रखबर, पवित्र ब्रान्ड, नवक्षितिज साप्ताहिक, लाइफ ओके टेलिभिजन, बगान अर्ग्यानिक टी, कालेश्वर महादेव फर्निचर एन्ड फर्निसिङ प्रालि, मर्निङ स्टार सेकेन्डरी स्कुल कास्की, रिवाज साउन्ड सिस्टम र ओम समाज डेन्टललगायत संस्थाहरू सहयोगीका रूपमा रहेका थिए।

कार्यक्रममा सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो। विशेष सहयोगीका रूपमा नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनिल कटुवाल, नन्दकेशर ढकाल, राजु हिमाशिव, सनराइज धनुके, सुमन थापा र पशुपति सिंह कुँवरलगायतलाई कदरपत्र प्रदान गरिएको थियो।

आयोजक संस्थाका अध्यक्ष तथा लोकप्रिय हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ले सबैको साथ, सहयोग र सहभागिताका कारण कार्यक्रम सफल भएको बताए। कार्यक्रमबारे सकारात्मक तथा प्रशंसायोग्य प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ व्यवस्थित र भव्य कार्यक्रम आयोजना गरिने जानकारी दिए।

कार्यक्रमका आधिकारिक फोटोग्राफर बद्री थापा रहेका थिए भने सञ्चारकर्मी, गायक तथा सङ्गीतकार सरोज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij