२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट

बिहिवार, श्रावण ७ २०८३११:५७

काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट भएकी छिन्। उनी प्रतियोगितामा प्रतियोगी नम्बर १३ का रूपमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्।

चिकित्सा सेवासँगै सामाजिक नेतृत्व, स्वास्थ्य सचेतना तथा युवा सशक्तीकरणका क्षेत्रमा सक्रिय डा. ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आएकी छिन्।

753267043_1315274484104721_5587847511315644015_n.jpg

उनी युनिसेफको मेन्टल हेल्थ युथ एड्भोकेटका रूपमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सक्रिय छिन्। स्वास्थ्य शिक्षा र जनचेतना विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको ‘आरोग्य’ संस्थाकी संस्थापकसमेत रहेकी डा. ढकालले युवालाई स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएकी छिन्।

डा. ढकाल सन् २०२३ मा संयुक्त राष्ट्रसंघको मिलेनियम फेलोका रूपमा छनोट भएकी थिइन्। यसअघि उनले डाभोस २०२२ मा नेपालको युवा आवाजको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाएकी थिइन्।

बिरामीको उपचार र सेवासँगै मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, सामाजिक उत्तरदायित्व तथा युवा नेतृत्वका क्षेत्रमा योगदान दिँदै आएकी डा. ढकालको मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोटले धेरैको ध्यान आकर्षित गरेको छ।

अब उनले मिस नेपाल २०२६ को उपाधिका लागि अन्य फाइनलिस्टहरूसँग प्रतिस्पर्धा गर्नेछिन्। चिकित्सा र सामाजिक सेवाको अनुभवसहित सौन्दर्य प्रतियोगिताको मञ्चमा प्रवेश गरेकी डा. ढकालको सहभागितालाई स्वास्थ्य, नेतृत्व र सामाजिक सेवाको सशक्त संयोजनका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij