२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

अमेरिकामा नेपाली तीजको रौनक बढाउँदै चर्चित कलाकारहरूको ‘यूएसए टुर’

बिहिवार, श्रावण ७ २०८३१०:३३

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै चर्चित नेपाली कलाकारहरूको सहभागितामा अमेरिकाका विभिन्न सहरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। आगामी अगस्टदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने ‘यूएसए टुर’मा तीज गीत, प्रत्यक्ष दोहोरी, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा लोकप्रिय गायिका सिन्धु मल्ल, गायक तथा संगीतकार आशिष अविरल, लोकदोहोरी गायक भगवान भण्डारी र गायिका  मल्लिका कार्कीले  प्रस्तुति दिनेछन्। नेपाली लोकसंगीत क्षेत्रमा स्थापित यी कलाकारहरूले आफ्ना चर्चित गीतसँगै नयाँ तथा पुराना तीज गीत प्रस्तुत गर्दै अमेरिकामा रहेका नेपाली दर्शकलाई नचाउने तयारी गरेका छन्।

“यो तीजमा पूरा अमेरिका नाच्ने छ, गाउने छ” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा तीज विशेष सांगीतिक धमाका, लाइभ दोहोरी, नृत्य प्रस्तुति र रमाइला मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्। ‘चिटिक्कै भाछ रे’, ‘आन्टि लभर’ र ‘रातो सारी रातो टीका’लगायतका लोकप्रिय गीतले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। तीजको अवसरमा नेपाली समुदायबीच भेटघाट, सद्भाव र सांस्कृतिक एकता अभिवृद्धि गर्न पनि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

अमेरिकाका विभिन्न सहरमा कार्यक्रम आयोजना गर्न इच्छुक संस्था तथा समुदायले आयोजकसँग सम्पर्क गरी आफ्नो सहरका लागि कार्यक्रम बुक गर्न सक्नेछन्। कार्यक्रमसम्बन्धी विस्तृत मिति, स्थान र टिकटसम्बन्धी जानकारी सम्बन्धित सहरका आयोजकले क्रमशः सार्वजनिक गर्ने जनाइएको छ।

कार्यक्रम व्यवस्थापनमा Rebel Events Inc. NYC, Well Done Creations, Miracle Events Inc., DJ LS NYC Entertainment र Rythmiq Events Inc. लगायतका संस्थाहरूको सहभागिता रहेको  छ।

कार्यक्रम बुकिङ तथा थप जानकारीका लागि +1 (929) 396-8721, +1 (347) 419-5009 वा +1 (443) 400-9273 मा सम्पर्क गर्न सकिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij