कैलाली । नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यतर्फ भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्।
विशेषज्ञ सदस्यतर्फ विभिन्न क्षेत्रका प्रतिनिधिहरू चयन भएका छन्। जसमा अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुनतर्फ सुभाषचन्द्र उपाध्याय, अर्थतर्फ रञ्जना जोशी र प्रजनन स्वास्थ्यतर्फ कालीप्रसाद पडाल निर्वाचित भएका छन्।
त्यसैगरी किशोर–युवा सदस्यतर्फ मोनिका वड र स्तुति आचार्य तथा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा परिवार नियोजन सेवा विस्तार, प्रजनन स्वास्थ्य प्रवर्द्धन, यौन तथा प्रजनन अधिकारको संरक्षण, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा विस्तार तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस