२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

दिल्लीको आन्दोलन देशभर फैलियो, मोदी सरकार दबाबमा

बिहिवार, श्रावण ७ २०८३०८:१३

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरबाट सुरु भएको विद्यार्थी आन्दोलन बुधबार थप चर्किएको छ। परीक्षा घोटालाको निष्पक्ष छानबिन, शिक्षा प्रणालीमा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै जारी आन्दोलन राजधानीबाट देशका विभिन्न सहरमा फैलिएको छ।

एएफपीका अनुसार जन्तर–मन्तरमा हजारौँ विद्यार्थी भेला भएर प्रदर्शन गरिरहेका छन् भने मुम्बई, बेङलुरु, पटना लगायतका सहरमा पनि विरोध प्रदर्शन जारी छ। विपक्षी दलहरू र अधिकारकर्मीहरूले आन्दोलनलाई समर्थन जनाउँदै सरकारसँग जवाफदेहिता मागेका छन्।

परीक्षा प्रश्नपत्र लिक प्रकरणपछि सुरु भएको आन्दोलन अहिले मोदी सरकारका लागि ठूलो राजनीतिक चुनौतीका रूपमा हेरिएको छ। संसद्भित्र पनि विपक्षी दलहरूले प्रहरीको बल प्रयोगको विरोध गर्दै सरकारसँग सार्वजनिक माफी र विद्यार्थीका माग सम्बोधन गर्न आग्रह गरेका छन्।

यता शिक्षामन्त्री धर्मेन्द्र प्रधानले सरकारले शिक्षा क्षेत्रमा सुधार र परीक्षा प्रणालीलाई पारदर्शी बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। तर आन्दोलनरत विद्यार्थीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij