२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो

आइतवार, श्रावण ३ २०८३०७:३७

काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ।

इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले अर्को गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए। पहिलो हाफको ३७औँ र इन्जुरी समयको ४६औँ मिनेटमा बुकायो साकाले लगातार दुई गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफ ४–० को सहज अग्रतासहित समाप्त गरेको थियो।

दोस्रो हाफमा भने फ्रान्सले सशक्त पुनरागमनको प्रयास गर्‍यो। ४८औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले टोलीका लागि पहिलो गोल गरे। त्यसको छ मिनेटपछि ब्राडली बार्कोलाले एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने संकेत दिए।

६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा पुर्‍याए। केवल १८ मिनेटको अवधिमा तीन गोल फर्काउँदै फ्रान्सले खेललाई निकै प्रतिस्पर्धात्मक बनाएको थियो।

तर ८७औँ मिनेटमा पेनाल्टीमार्फत साकाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र इङ्ल्यान्डलाई ५–३ को अग्रता दिलाए। इन्जुरी समयको ९६औँ मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल फर्काए पनि त्यसको दुई मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।

यस जितसँगै इङ्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।

यद्यपि टोली पराजित भए पनि फ्रान्सका कप्तान केलियन एमबाप्पेले व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरिएको छ। यस खेलमा दुई गोल थपेसँगै उनले जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका छन् र गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा पुगेका छन्। यसअघि आठ गोलसहित अग्रस्थानमा रहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई उनले उछिनेको उल्लेख गरिएको छ।

त्यसैगरी, एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएको दाबी गरिएको छ। उनका पछाडि २१ गोलसहित मेसी रहेको उल्लेख छ।

अब प्रतियोगिताको फाइनल खेल मात्र बाँकी रहेकाले मेसीसँग एमबाप्पेको गोल संख्या बराबरी गर्ने वा उछिन्ने अन्तिम अवसर रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij