२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

दुई–चार निर्णय विवादित हुन सक्छन्, तर सरकारको नियत खराब छैन : रवि

शनिवार, श्रावण २ २०८३०४:३९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै शंका नरहेको बताएका छन्।

शनिबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रौतहटका विभिन्न दलका कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सरकारको नियतमा शंका नगर्न आग्रह गरेका हुन्।

सरकारले गर्ने निर्णयहरूमध्ये कहिलेकाहीँ केही निर्णयमा समस्या वा विवाद आउनु स्वभाविक भएको भन्दै उनले त्यस्ता कमजोरीलाई सच्याउन सकिने बताए।

उनले भने, ‘सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्याहरू आउन सक्छ। त्यसलाई करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णय गर्दा दुई–चार वटा निर्णयले विवाद ल्याउन सक्छ।’

सरकारका निर्णयहरूलाई पूर्ण रूपमा व्यवहारमा उतार्न र तिनको प्रभाव मूल्यांकन गर्न केही समय लाग्ने भन्दै सभापति लामिछानेले केही समय धैर्यता राख्न आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij