काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ।
देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सार्वजनिक कार्यक्रममा सहभागी हुने तथा सँगै हिँडिरहेका भिडियोहरू सार्वजनिक हुँदै आएका छन्।
देउवा गत चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।
प्रतिक्रिया दिनुहोस