२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास, उद्धारका लागि हेलिकोप्टर परिचालन

शुक्रवार, आषाढ २६ २०८३०७:०२

काठमाडौं । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।

गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भएको हो। उनी गम्भीर घाइते भएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै घाइतेको अवस्था गम्भीर रहेको बताएका छन्। उनले घटनाबारे तत्काल प्रधानमन्त्री, गृहमन्त्री तथा आफ्नो पार्टीका सभापतिलाई जानकारी गराउँदै निःशुल्क उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेको उल्लेख गरेका छन्।

सांसद सिंहका अनुसार प्रधानमन्त्रीलाई जानकारी गराइएलगत्तै घाइते मण्डलको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ। साथै, उनको निःशुल्क उपचारको व्यवस्था पनि मिलाइएको उनले बताएका छन्।

उद्धार तथा उपचार व्यवस्थापनमा सहयोग गरेको भन्दै सांसद सिंहले प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिप्रति धन्यवाद व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij