काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिएको छ। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न क्षेत्रमा संक्रमण बढ्दै गएको पशु सेवा विभागले जनाएको छ।
विभागका अनुसार अव्यवस्थित पोल्ट्री फार्म, जंगली चराचुरुंगीको सम्पर्क र कमजोर जैविक सुरक्षा मापदण्डका कारण संक्रमण फैलिएको हो।
बर्डफ्लुको प्रभावकारी उपचार वा खोप नभएकाले संक्रमित कुखुरा तथा पन्छी नष्ट गर्नु नै मुख्य उपाय रहेको विभागले जनाएको छ।
संक्रमण मानिसमा पनि सर्न सक्ने भएकाले मरेका वा बिरामी पन्छीलाई नछुन, मास्क र पन्जा प्रयोग गर्न तथा मासु र अन्डा राम्ररी पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन्।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस