गायकद्वय प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मनको राजा’ सार्वजनिक भएको छ।
पुष्कर धनुके ‘सनराइज’को प्रस्तुति रहेको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा प्रमोद डीजीको संगीत रहेको छ। गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका छन् भने प्रकाश केसीले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा पुष्कर धनुके ‘सनराइज’ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन तथा कलर दीपक बिष्टले गरेका छन्।
शेर सौदको निर्देशनमा तयार भएको भिडियोको मेकअप कविता तोलाङ्गीले गरेकी छन्। गीत तथा भिडियोको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सलिश इन्टरटेन्मेन्टले गरेको जनाएको छ।
रोमान्टिक भावनामा आधारित ‘मेरो मनको राजा’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस