हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) अमेरिका बसाइँपछि नेपाल फर्किएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्ने संकेतसँगै उनी स्वदेश फर्किएका हुन्।
सामाजिक सञ्जालमार्फत सामान्य प्रशासन मन्त्रालय अगाडि फाइल बोकेको तस्बिर सार्वजनिक गर्दै धुर्मुसले न्याय प्राप्त हुने विश्वासका साथ मातृभूमिमा फर्किएको बताएका छन्।
“न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु,” उनले लेखेका छन्। उनले आफ्नै माटोमा सुख–दुःख साट्दै जीवनका घाउहरू निको पार्ने अवसर पाउने अपेक्षा पनि व्यक्त गरेका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोभिड–१९ महामारीपछि आर्थिक संकटमा परेर अलपत्र बनेको थियो। निर्माण कार्य रोकिएपछि करोडौं रुपैयाँ बक्यौता बाँकी रहेको र त्यसको दायित्वका कारण धुर्मुस लामो समयदेखि सरकारी निकायको ढोका चहार्दै आएका थिए।
रंगशालासम्बन्धी बक्यौता व्यवस्थापन गर्दै सरकारले निर्माण कार्यलाई अघि बढाउने तयारी थालेपछि धुर्मुस उत्साहित बनेका छन्। यही आशा र अपेक्षासहित उनी अमेरिका बसाइँ अन्त्य गरेर नेपाल फर्किएको बताइएको छ।
यसअघि अमेरिका जाने क्रममा उनले निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’ समेत छाडेका थिए। अब भने रंगशाला निर्माणको सपना पूरा हुने विश्वासका साथ उनी पुनः नेपालमै सक्रिय हुने संकेत दिएका छन्।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस