२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

‘कुम्भ’लाई दर्शक र चलचित्रकर्मीको प्रशंसा, प्रदर्शनपछि सकारात्मक प्रतिक्रिया

बिहिवार, जेठ २१ २०८३११:३५

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कुम्भ’ यतिबेला देशभरका सिनेमाहलमा प्रदर्शनरत छ । गत शुक्रबारदेखि औपचारिक प्रदर्शनमा आएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

बुधबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीसहित विभिन्न कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

चलचित्र अवलोकनपछि उपस्थितहरूले ‘कुम्भ’लाई मनोरञ्जनात्मक तथा सशक्त प्रस्तुति भएको चलचित्रका रूपमा प्रशंसा गरेका थिए ।

उनीहरूले नेपाली चलचित्र क्षेत्रमा नयाँ विषयवस्तु र प्रस्तुति शैली लिएर आएको भन्दै निर्देशक तथा निर्माण टिमको खुलेर तारिफ गरेका थिए ।

चलचित्रमार्फत निर्देशक रन्धिर श्रेष्ठले निर्देशन क्षेत्रमा औपचारिक डेब्यु गर्नुभएको हो । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले पहिलो निर्देशकीय प्रयासमै एक्सन र प्रेमकथालाई समेटेर दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने प्रयास गर्नुभएको बताइएको छ ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ’ एक्सन–लभ स्टोरीमा आधारित छ । चलचित्रमा अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा तथा सृष्टि खड्काको मुख्य भूमिका रहेको छ । साथै दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि विशेष अभिनय रहेको छ ।

चलचित्र नेपाल र दक्षिण भारतका विभिन्न रमणीय तथा आकर्षक स्थानमा छायांकन गरिएको हो । नेपाली कलाकारसँगै दक्षिण भारतीय कलाकारहरूको समेत सहभागिताले चलचित्रलाई अझ फराकिलो आयाम दिएको छ ।

चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गर्नुभएको हो भने द्वन्द्व सम्राट बस्नेत, प्रदिप खड्का, कुमार मह्रजन, सन्जय थापाको छ । चलचित्र निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साहको संयुक्त लगानी रहेको छ ।

प्रदर्शनपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाले चलचित्रप्रति दर्शकको उत्साह बढेको निर्देशक श्रेष्ठले बताउनुभयो । एक्सन, प्रेमकथा, पारिवारिक सम्बन्ध र भावनात्मक कथावस्तुको संयोजन रहेको ‘कुम्भ’ले नेपाली दर्शकमाझ छुट्टै छाप छोड्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij