काठमाडौं । ए.एस. उडान फिल्म प्रोडक्सनको ब्यानरमा तथा सिमा आचार्यको प्रस्तुतिमा निर्माण गरिएको सुदूरपश्चिमकै पहिलो बझाङी भाषाको ठाडी भाखा गीति एल्बम ‘जिन्दगीमा हारे’को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रहरू गोदावरी, ओलानी, कञ्चनपुर र गर्जमुनी लगायतका स्थानमा छायांकन गरिएको एल्बममा मोडल करन नेपाली र सोनिया विश्वकर्माको आकर्षक जोडी देख्न पाइनेछ। साथै, सुदूरपश्चिम प्रदेशका प्रथम नायक अम्बिका प्रसाद आचार्यको दमदार अभिनयले एल्बमलाई थप विशेष बनाएको निर्माण टिमले जनाएको छ।
एल्बममा केशव भाट, चुडामणि जोशी र मोहन प्रसाद भुसाललगायत कलाकारहरूको समेत सशक्त अभिनय रहेको छ। कथा निर्देशन नरेश नागरीले गरेका हुन् भने म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी केशव भाटले सम्हालेका छन्। स्टोरी कन्सेप्ट अम्बिका प्रसाद आचार्यको रहेको छ भने छायांकन दिपेश ठगुन्नाले गरेका हुन्।
गीतमा प्रेमलाल नेपालीको लय, भुवन प्रकाश बडुको म्युजिक एरेन्ज तथा शब्द संकलनसँगै करन नेपालीको स्वर रहेको छ। गायिकाका रूपमा पवित्रा भण्डारीले साथ दिएकी छन्। एल्बम निर्माणमा बिमला नेपाली, अरुण नेपाली र विष्णु नेपालीको समेत महत्वपूर्ण सहयोग रहेको बताइएको छ।
बहुप्रतिक्षित बझाङी गीति एल्बम ‘जिन्दगीमा हारे’ छिट्टै पर्शुरामधाम म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। विशेष सहयोग भुवन नेपालीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस