२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

सोमवार, चैत्र ३० २०८२१२:५९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्यक्रियामार्फत उनको पित्तथैलीमा रहेको पत्थरी निकालिएको सचिवालयले जनाएको छ। अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको हो।

यसअघि जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनको सिफारिसअनुसार उनलाई चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। सोही दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

सर्वोच्च अदालतको परमादेशपछि अनुसन्धानका क्रममा आवश्यक परे हाजिर हुने शर्तमा उनलाई परिवारको जिम्मा लगाइएको थियो। रिहा भए पनि उनी उपचारका क्रममा अस्पतालमै रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij