पोखरा बजारमै बुधबार साँझ एक महिलालाई खुकुरी प्रहार गरी हत्या गरिएको छ।
पक्राउ र प्रहरी स्रोतका अनुसार, बुधबार साँझ करिब ७ बजेर ८ मिनेटमा पोखरा ८, शिवालय चोकमा, पोखरा–५, मालेपाटनकी ४२ वर्षीय सिर्जना पौडेल केसीलाई अपरिचित समूहले अचानक खुकुरी प्रहार गरी हत्या गरेको हो।
गम्भीर घाइते पौडेललाई नजिकैको अस्पताल लगिएको थियो, तर उनलाई ज्यान जोगाउन सकेन। घटनापछि पोखरामा फेरि त्रास फैलिएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार छन्।
सामाजिक सञ्जालमा हत्यापछि सार्वजनिक भएको भिडिओ अनुसार, मृतकले हत्या हुनु अघि अर्की महिलासँग कुरा गरिरहेको देखिन्छ। तर हत्यारा को हो भन्ने पहिचान अझै हुन सकेको छैन।
प्रहरीले वरपरका घरमा रहेका र सार्वजनिक स्थानमा राखिएका सीसी क्यामेराका फुटेजहरू अध्ययन गरी अनुसन्धान अघि बढाइरहेको छ।
प्रतिक्रिया दिनुहोस