२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

निजी मेडिकल कलेजले नर्सलाई न्यूनतम पारिश्रमिक नदिए कारबाही: स्वास्थ्य मन्त्रालय

शनिवार, चैत्र २१ २०८२०३:५१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ।

गत कात्तिक १५ गते भएको सहमतिअनुसार निजी मेडिकल कलेजका शिक्षण अस्पतालहरूले नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारको पाँचौँ तहको सुरु तलब रु. ३४ हजार ७३० दिनुपर्नेछ भने अन्य निजी तथा सामुदायिक अस्पताल र डेण्टल कलेजहरूले सोको ८० प्रतिशत उपलब्ध गराउनुपर्नेछ।

केही संस्थाले सहमति कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले पारिश्रमिक नदिएको पाइएमा कारबाही अघि बढाइने चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij