काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त हुने गुनासो समाधानका लागि मातहतका निकायमा फोकल पर्सन तोक्ने निर्णय गरेको छ।
बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले मातहतका ४६ निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको छ। यो फोकल पर्सनले हेलो सरकारमार्फत आएका गुनासा सम्बोधन गर्ने जिम्मेवारी पाउनेछन्।
मन्त्रालयले सरकारको १०० कार्यसूचीमध्ये २५ नम्बरमा रहेको नीतिअनुसार हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक सरकारको प्लेटफर्मको रूपमा विकास गर्ने र एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने व्यवस्था अनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस