साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल सेमिफाइनलमै रोकिएको छ। बुधबार सम्पन्न खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि नेपालको उपाधि यात्रा टुंगिएको हो।
खेलको १०औं मिनेटमै एमडी मानिकले गरेको गोल नै बंगलादेशको जितको आधार बन्यो। त्यसपछि नेपालले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
गत संस्करणमा पनि सेमिफाइनलमै बंगलादेशसँग हार बेहोरेको नेपाल यसपटक पनि सोही चरणमा निराश बन्न पुग्यो। अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यस उमेर समूहमा नेपालले दुई पटक र बंगलादेशले एक पटक उपाधि जितेका छन्। तर पछिल्ला संस्करणहरूमा भने बंगलादेश नेपालका लागि कडा प्रतिस्पर्धी बन्दै आएको छ।
प्रतिक्रिया दिनुहोस