२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको " प्रियतम" कोसेली सार्वजनिक(भिडियो)

सोमवार, फाल्गुण ४ २०८२०६:१९

 

युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ ।
"बादल वर्षा बिजुली " गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्।

गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन " प्रेम दिवस"को उपलक्ष्यमा " प्रियतम" नामक म्युजिक भिडियो सार्वजनिक गरिन्।

गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी " द नाईटिङल भइस" पनि भन्ने गरिन्छ।

सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ ।

निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ।

गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लुःजः सिंहले गरेका हुन्।

प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा राखिएको छ l

https://www.youtube.com/watch?v=FHup2oRoX3Q

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij