२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

तृप्ति खड्का गुरुङको स्वर तथा डा. हरि उप्रेतीको शव्दमा ‘निदरी’ सार्वजनिक(भिडियो)

आइतवार, माघ १८ २०८२०७:१२

गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ ।

‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ ।

गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहित्य क्षेत्रमा समर्पित एवं स्थापित सर्जकका रूपमा चिनिन्छ । उहाँले सिर्जना गरेका थुप्रै गीतहरूले नेपाली श्रोता तथा दर्शकमाझ लोकप्रियता हासिल गर्नुभएको छ ।

उप्रेतीको नेतृत्वमा अमेरिकामा आप्रवासी नेपाली गीतकारहरूको संस्था स्थापना गरिएको हो, जसको उद्देश्य प्रवासमा रहेर नेपाली भाषा, साहित्य र गीत(संगीतको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका उप्रेती नेपाली गीतसंगीत, साहित्य र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सक्रिय रहनुभएको छ। नेपाली भाषा र सिर्जनात्मक अभिव्यक्तिप्रतिको उहाँको समर्पणका कारण उहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मान र अवार्डहरूबाट सम्मानित गरिएको छ। उहाँका गीतहरूमा नेपाली समाज, संस्कृति, भावना, प्रेम, मानवीय संवेदना तथा जीवन दर्शनका विषयहरू प्रभावकारी रूपमा प्रस्तुत हुने गरेका छन्। गीतकार मात्र नभई साहित्यकार र सांस्कृतिक अभियन्ताको रूपमा समेत उहाँले योगदान दिँदै आउनुभएको छ। उप्रेतीले गीत, गजल, कविता तथा गीति एल्बममार्फत आफ्नो सिर्जनात्मक यात्रा निरन्तर अघि बढाइरहनुभएको छ। उहाँका गीति एल्बम तथा साहित्यिक कृतिहरूले नेपाली साहित्यिक तथा सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको छ । उप्रेती सानैदेखि भाषा, साहित्य र संगीतप्रति आकर्षित हुनुहुन्थ्यो, जसले पछि उहाँलाई स्थापित गीतकार तथा साहित्यकार बन्न प्रेरित गरेको देखिन्छ। प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उहाँले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ। नेपाली गीतसंगीतलाई विश्व समुदायसम्म पुर्‍याउने अभियानमा उहाँ निरन्तर सक्रिय रहनुभएको छ।

छायाङ्कन प्रकाश खड्का र उहाँको टिमले गरेका हुन् भने नरेश पाण्डेले सङ्गीत संयोजन गर्नुभएको छ । सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतको सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो । भिडियो डा. हरि उप्रेतीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=HvzAzCElTnw

गायिका तृप्ति खड्का गुरुङ नेपाली सङ्गीत क्षेत्रमा शालीन स्वर, मिठो प्रस्तुतिशैली र सिर्जनात्मक सङ्गीतका लागि परिचित हुनुहुन्छ । विभिन्न स्टेज कार्यक्रम, आधुनिक गीत तथा सांगीतिक परियोजनामा सक्रिय उहाँले नेपाली मौलिक भावधारालाई प्राथमिकता दिँदै आउनुभएको छ । ‘निदरी’ उहाँको सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास गरिएको छ ।

गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । सुमधुर सङ्गीत, भावुक शब्द र स्तरीय दृश्य संयोजनका कारण ‘निदरी’ समकालीन नेपाली गीतहरूमध्ये फरक स्वादको सिर्जनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित विषय:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij