काठमाडौं — नेपाली लोकसंगीत क्षेत्रमा नयाँ स्वाद थप्दै “हातमा दाम भो” शीर्षकको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा ट्रेन्डिङ र चर्चामा आएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेख्य हेराइ र सकारात्मक प्रतिक्रिया पाउँदै भिडियो लोकप्रिय बन्दै गएको छ।
गायक तथा सर्जक फराज अर्पणको शब्द, संगीत र स्वरमा तयार भएको यस गीतमा ससिका राईले महिला स्वर भरेकी छन्। गीतको एरेन्जमेन्ट बिजेश्वर राज तण्डुकारले गरेका हुन्।
म्युजिक भिडियोमा बिना राउत र सरोज प्रजापतिको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन, छायांकन, सम्पादन तथा सिनेमाटोग्राफी स्वयं फराज अर्पणले गरेका छन् भने क्यामेरामा विशाल थापाको योगदान रहेको छ। उत्पादन व्यवस्थापन विक्रम तामाङले सम्हालेका छन्।
नेपाली लोकगीतको मौलिकता, आधुनिक प्रस्तुति र सशक्त दृश्य संयोजनका कारण “हातमा दाम भो” युट्युबसँगै अन्य सामाजिक सञ्जालहरूमा पनि व्यापक रूपमा सेयर भइरहेको छ। विशेषगरी नेपाली युवामाझ यस गीतले भाइरल सामग्रीको रूपमा चर्चा पाइरहेको छ।
संगीत, शब्द र दृश्यको सन्तुलित संयोजनले यो गीतलाई २०८२ सालका चर्चित नेपाली लोकगीतहरूमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
https://www.youtube.com/watch?v=RudbE7Z55V8
प्रतिक्रिया दिनुहोस