२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

शान्तीश्री र गौरवको स्वरमा ‘सुन मायालु’ (भिडियो)

मंगलवार, माघ ६ २०८२१०:५३

शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको गीत ‘सुन मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोक–पप शैलीमा तयार गरिएको उक्त गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ ।

प्रेम र रोमान्सलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा गायक गौरव गिरी स्वयंको अभिनय देख्न सकिन्छ भने उहाँलाई अभिनेत्री दीपा शाहीले साथ दिनुभएको छ ।

गीतमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गर्नुभएको छ । अनिल के. मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन छ । भिडियोको निर्देशन पनि गायक गौरव गिरीले नै गर्नुभएको हो ।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव गिरी र दीपा शाहीका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ । भिडियोको कलर सम्पादन श्याम कुँवरले गर्नुभएको हो । गीतको भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij