२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

विश्वप्रसिद्ध तबला वादक पं. निशिकान्त सोनवलकरको सांगितिक प्रस्तुती काठमाडौंमा

आइतवार, पौष २० २०८२०३:१३

काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित 'च्यारिटी म्यूजिक कन्सर्ट शो' कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए।

कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो।

तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उनी भारतीय शास्त्रीय रागहरू अध्ययन गर्दै डून स्कूल, देहरादूनमा अध्ययनरत छन्। सितारमा इश्वरि खड्काको साथले समग्र प्रदर्शनलाई अझ समृद्ध बनाएको थियो।

कार्यक्रम  वरिष्ठ दन्त सर्जन  डा. नील पाण्डेद्वारा आयोजना गरिएको थियो। यस  संगीत कार्यक्रमबाट संकलित सबै आम्दानी नेपालका ग्रामीण क्षेत्रहरूमा दन्त शिविर आयोजना गर्न प्रयोग गरिने जनाइएको छ।

पं. निशिकान्त सोनवलकरले शास्त्रीय परम्परा, आधुनिक शिक्षाशास्त्र र सामाजिक सेवामा योगदान गर्ने आफ्नो दृष्टिकोण यस कार्यक्रम मार्फत पुनः प्रमाणित गरे।

उपस्थित दर्शकहरूले कार्यक्रमको सांगितिक उत्कृष्टता र आकर्षक प्रस्तुति शैलीलाई प्रंशसा गरेका थिए।

सरोदवादक दिनेश खड्काको संयोजनमा उक्त च्यारीटी शो को भव्य आयोजना भएको थियो । खड्का नेपालका लोकप्रिय सरोदवादक हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij