२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन

आइतवार, मंसिर २१ २०८२११:५०

भक्तपुर । हिसान बागमती प्रदेशको आयोजनामा भक्तपुरस्थित एसओएस ग्राउण्डमा सम्पन्न डोरी तान प्रतियोगितामा कक्षा ११, १२ तथा स्नातक तहका करिब १०० भन्दा बढी विद्यार्थी समूहले उत्साहपूर्वक सहभागिता जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि हिसान केन्द्रीय समितिका अध्यक्ष तथा सभाध्यक्ष हिसान बागमतीका अध्यक्ष राजकुमार आचार्य रहेका थिए। प्रतियोगिताले विद्यार्थीबीचको खेल, सहकार्य र प्रतिस्पर्धात्मक क्षमतालाई बढाउने उद्देश्य बोकेको आयोजकले जनाए।

छात्रातर्फ ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामंगल प्रथम हुँदै विजयी बनेको छ भने समृद्धि कलेज दोस्रो स्थानमा रह्यो। त्यस्तै, छात्रतर्फ नोबेल एकेडेमी, बानेश्वर ले प्रथम स्थान हासिल गर्दा एशिया प्यासिफिक कलेज दोस्रो भएको छ।

प्रथम हुने टोलीहरूले रु २०,०००, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टोलीहरूलाई रु १५,०००, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको समन्वय हिसान बागमतीका वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवले गरेका थिए। आयोजकका अनुसार प्रदेशभित्रका दर्जनौँ कलेजको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij