२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

एनपीएल : जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

मंगलवार, मंसिर १६ २०८२०४:०५

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

माज सदाकत र अनिश शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।

माजले ३० बलमा ६३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । अनिल शाहले ३६ बलमा ६१ रन जोड्न ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर आशिफ शेखले १८, जान निकोल लोफ्टी-इटनले ११ र आदित्य महताले १८ रन जोडे ।

यससँगै जनकपुरको पराजय यात्रा रोकिएको छ । यो टिमले अघिल्ला चार खेलमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गोर्खाजसँग हारेको थियो ।

चितवनको यो तेस्रो हार । यसअघि यो टिमले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको थियो । लुम्बिनी लान्यस र कर्णाली याक्ससँग हारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij