२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित

मंगलवार, आश्विन २८ २०८२०६:५८

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा एक सय ४२ रन बनाउँदा सबै विकेट गुमायो।

कतारका लागि इमाल मालिन्दु र जुबेर अलीले अर्धसतक बनाए। इमालले ३५ बलमा ५६ तथा अलीले ५५ बलमा ५२ रन बनाए। यस्तै मुहम्मद असिमले १० रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले २६ तथा गुल्शन झाले १६ रन बनाए। सोमपाल कामीले १४ रन बनाए। कतारका मिर्जा मोहम्मद बाग र डेनियल आर्चरले समान तीन तीन विकेट लिए।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij