२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

मंगलवार, आश्विन १४ २०८२१०:१६

नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ। सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ।

यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटिएको हो। सिरिजको फाइनल भिडन्त मंगलबार राति ८:१५ बजे सारजाह मैदानमा हुँदैछ।

सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए। यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे।

नेपालको लागि आदिल आलमले ४ विकेट लिए। उनको यो उत्कृष्ट पुनरागमन हो। कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो।नेपालका लागि आसिफ शेख र सन्दीप जोराले सानदार अर्धशतक बनाए। आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए। यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।

एक खेल अगाडि सिरिज जितेको नेपालको लक्ष्य ‘क्लिन स्वीप’ रहेको छ। वेस्ट इन्डिजका कप्तान अकिलले नेपाललाई धेरैले कमजोर ठाने पनि खेल्न कठिन भएको बताएका छन्। लगातार दुई खेलमा ऐतिहासिक जित निकालेको नेपाल भने मंगलबार फाइनल भिडन्तमा उत्साहका साथ मैदानमा हुनेछ। वेस्ट इन्डिज भने सिरिज गुमिसके पनि सान्त्वना जित चाहन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij