२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण :प्रहरीले बुझायो रवि र छविविरुद्धको प्रतिवेदन

सोमवार, पौष १ २०८१०२:०७

कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए । लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत पक्राउ परेका थिए ।

उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।

जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij