२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

बुधवार, जेठ १६ २०८१०६:४६

नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। ।कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij