२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल को “क्लब्स् अफिसर्स स्कूलिङ्ग”सम्पन्न

बिहिवार, आषाढ ९ २०७९०६:३५

पोखरा । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल, नेपालको लायन वर्ष २०२२–२३ का लागि निर्वाचित क्बल पदाधिकारीहरुलाई एक दिने “क्लब्स् अफिसर्स स्कूलिङ्ग” कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब्स् अन्तराष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ नेपालका नव निर्वाचित चियरपर्सन केशव पाण्डेको प्रमुख आतिथ्यता एवं डिष्ट्रिक ३२५ वि १, नेपालका डिष्ट्रिक गर्भनर विश्वेश्वर आचार्यको विशेष आतिथ्यतामा पोखरा स्थित होटल टुर्कीमा भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट उपस्थिती सम्पूर्ण अतिथी लायनहरुलाई स्वागत गर्दै प्रमुख अतिथी र विशेष अतिथीहरुलाई डिष्ट्रिक गर्भनर पिन तथा मायाको चिन्ह वितरण गर्दै शुभारम्भ भएको उक्त कार्यक्रम झण्डै बाका ३० क्लबहरुबाट १३० जना अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो सत्रको मुख्य विषयगत अनुसार उपस्थित विभिन्न क्लबहरुबाट प्रतिनिधित्व गरेर आउनु भएका क्लब अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई तीन वटा समूहमा विभाजित गरिएको थियो । पदिय दायित्व अनुसार डिष्ट्रिक ३२५ एल, नेपालका प्रथम तथा द्धितीय भाईस डिष्ट्रिक गभर्रन क्रमशः परमेश्वर बराल र सुमन भट्टबाट क्लब अध्यक्ष र उपाध्यक्षको काम, कत्र्तव्य र अधिकार सम्बन्धी अनुशिक्षण गरिएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालका क्याविनेट सेक्रेटरी सुरेन्द्र रत्न शाक्य र डिष्ट्रिक ३२५ एल, नेपालका क्याविनेट ट्रेजरर हरि ढकालबाट पदिय दायित्व अनुसारको काम, कत्र्तव्य र अधिकार सम्बन्धी क्लब सचिव र क्लब कोषाध्यक्षलाई अनुशिक्षण गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्र नेपालको राष्ट्रिय गान र ध्वजाको अभिवादनबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम उपस्थित सम्पूर्ण सहभागिहरुबाट विश्वशान्तिको लागि एक मिनेट मौन प्रार्थना गरिएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालका मनोनित लिडरशिप चिफ लायन गोकर्ण कार्कीबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्यबाट दिनुभएको थियो । दोश्रो सत्रका प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ वि १ नेपालका पूर्व गर्भनर अशोक कुमार श्रेष्ठबाट पानसमा दिप प्रज्वलन गरि विधिवत शुभारम्भ गरिएको उक्त कार्यक्रम लायन्स डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट उपस्थित सम्पूर्ण नव निर्वाचित क्लब पदाधिकारीहरुलाई लायन वर्ष २०२२–२३ को लायन्स क्लब्स् अन्तर्राष्ट्रिय प्रेसिडेण्टबाट निर्दिष्ट कार्यक्रम र डिष्ट्रिक गर्भनरको कार्यक्रमको बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ वि १, नेपालका पूर्व गर्भनर अशोक कुमार श्रेष्ठबाट लायन्स डिष्ट्रिक ३२५ एल, नेपालको रणनैतिक कार्य योजना र सफल वर्ष बनाउने जिम्मेवारीबारे प्रष्ट पार्नु भएको थियो । त्यस्तैगरी पि.आर.ओ ईन चिफ लायन मनकृष्ण श्रेष्ठबाट लायन्स क्लब्स् अन्तराष्ट्रियमा ईलेक्ट्रोनिक रिपोर्टिङ्ग गर्ने बारे अनुशिक्षण गरिएको थियो ।

त्यसैगरी कार्यक्रमको अन्तिम चरणमा लायन्स डिष्ट्रिक ३२५ एल, नेपालका द्धितीय भाईस डिष्ट्रिक गर्भनर परमेश्वर बराल र प्रथम भाईस गर्भनरबाट दिक्षित सम्पूर्ण क्लब पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालको वर्ष २०२२–२३ मनोनित सर्भिस चिफ ऐकनारायण शर्मा, ओमनशिप चिफ तारा भूषाल, न्यू भ्वाईस इनिसियतिपस चिफ लायन थिर बहादुर थापा, एडमिनिस्त्रेतिभ चिफ अमृत बराल, एडिस्नल क्याविनेत सेक्रेटरी शुशिल केसी, लगायत डिष्ट्रिकका टिम लिडर, कोअर्डिनेटर, चियरपर्सन, रिजन चियरपर्सन र जोन चियरपर्सनहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम समापनको क्रममा दिक्षित सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी अशोक कुमार श्रेष्ठ र लायन्स डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट गर्भनर पिन र प्रमाणपत्रद्धारा सम्मानित गरिएको थियो । डिष्ट्रिक ३२५ एल, नेपालका मनोनित टे«निङ्गपुल चिफ लायन कृष्ण आचार्यबाट उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन दिनु भएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालका मनोनित क्याविनेट सेक्रेटरी लायन सुरेन्द्र रत्न शाक्यबाट कार्यक्रम संचालन गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij