२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

प्राप्त जिम्मेवारी पद र प्रतिष्ठा मात्र होइन : महामन्त्री प्रदीप पौडेल

आइतवार, कार्तिक २ २०८३०३:५५

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले आफूहरूले प्राप्त गरेको जिम्मेवारी पद र प्रतिष्ठामा मात्र सीमित नरहेको बताएका छन् ।

आइतबार बडादसैँको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै पौडेलले प्राप्त जिम्मेवारी पार्टीका लाखौँ कार्यकर्ताको पसिना र करोडौँ नागरिकको आशाको प्रतिबिम्ब भएको बताएका हुन् ।

नागरिकको आशालाई परिणाममा बदल्ने जिम्मेवारी आफूहरूमाथि रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई गतिशील, विचारशील र आधुनिक बनाउनु साझा दायित्व भएको बताएका छन् ।

सामूहिक उत्तरदायित्व र आपसी विश्वास नै नेपाली कांग्रेसको मूल शक्ति भएको उनको भनाइ छ । बदलिँदो समयले अनेक चुनौती ल्याए पनि ती चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij