२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

बजार अनुगमनमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख रुपैयाँभन्दा बढी जरिबाना असुल

आइतवार, श्रावण १० २०८३०८:०४

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभर ४ हजार ४८१ व्यावसायिक फर्मको अनुगमन गर्दै नियम उल्लंघन गर्ने ५३७ व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ।

विभागका अनुसार ३ हजार ४६२ फर्मलाई सचेत गराइएको, ३६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको तथा ११५ फर्म मात्र नियमअनुसार सञ्चालन भएको पाइएको छ। साथै, कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको र १ फर्मको सामान फिर्ता पठाइएको छ।

उपभोक्ता गुनासो व्यवस्थापनतर्फ विभागमा परेका ९८० मध्ये ९२१ गुनासो फर्छ्योट भइसकेका छन् भने बाँकी प्रक्रियामा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij