काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकल मोडिफाइ गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म १ हजार ३७१ चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र सार्वजनिक शान्ति तथा सडक सुरक्षामा असर पुर्याउने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको हो।
ट्राफिक प्रहरीले सवारीको स्वरूप अनावश्यक रूपमा परिवर्तन नगर्न, चर्को आवाज निकाल्ने उपकरण प्रयोग नगर्न तथा ट्राफिक नियम पालना गर्न सबै चालकलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाही अझ कडा बनाइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस