काठमाडौं । सुमधुर स्वरकी गायिका तृप्ति खड्का गुरुङ र गायक लिला गौतमको संयुक्त आवाजमा सजिएको नयाँ नेपाली प्रेमगीत ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो रोमान्टिक गीत डिजिटल प्लेटफर्ममार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको हो।
गीतमा विजय गुरुङको शब्द सिर्जना रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ स्वयंले तयार गरेकी हुन्। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ सारेगम स्टुडियोमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोको निर्देशन गीतकार विजय गुरुङले गरेका हुन्। भिडियोमा विजय गुरुङ र उदयमान मोडल निर्जरा केसी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको स्वाभाविक अभिनय र रोमान्टिक प्रस्तुतिले गीतको भावलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको छ।
भिडियोको छायाङ्कन तथा ड्रोन सञ्चालन प्रकाश खड्का र टाम्सले गरेका छन्। लाइट व्यवस्थापन लक्ष्मण खड्का, लोकेश ओली, सिरिश खड्का र प्रशान्त केसीले सम्हालेका छन्। भिडियोको सम्पादन, कलर ग्रेडिङ तथा पोस्टर डिजाइन मिलन विश्वकर्माले गरेका हुन्।
उत्कृष्ट शब्द, सुमधुर स्वर, मनमोहक संगीत तथा आकर्षक दृश्य संयोजनले सजिएको ‘तिमी हिँड्ने बाटो’ नेपाली सुगम संगीतप्रेमीमाझ लोकप्रिय बन्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस