२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

‘मास्टर्नी’को प्रमोसन गीत प्रतिबन्ध गर्न सञ्चार मन्त्रालयमा निवेदन

शुक्रवार, श्रावण १ २०८३०३:३४

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको माग गर्दै निवेदन दर्ता गरिएको छ।

शुक्रबार तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई ले मन्त्रालयमा लिखित निवेदन दर्ता गर्दै उक्त गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि आँच पुर्‍याउने खालका अमर्यादित र द्विअर्थी शब्द प्रयोग गरेको आरोप लगाएका छन्।

निवेदनमा ‘मास्टर्नी’ चलचित्रको ‘ताराबाजी लैलै’ बोलको प्रमोसन गीतले शिक्षण पेसाको सम्मानमा नकारात्मक असर पार्ने र सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताविपरीत सामग्री समेटेको भन्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाई गीतमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ।

यसअघि पनि उक्त गीतको विषयमा नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त रूपमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए। उनीहरूले गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

गीत सार्वजनिक भएयता सामाजिक सञ्जालमा पनि यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij