२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

सडकमा स्टन्ट, प्रहरी नियन्त्रण पछि चालक भन्छन : 'सडकमा ब्रेभरी होइन, ब्रेन प्रयोग गर्नुहोस्'

शुक्रवार, जेठ ८ २०८३०९:३७

सामाजिक सञ्जालमा भाइरल हुने चाहनाले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्।

बागमती प्रदेश ०२–०२३ प २८८४ नम्बरको मोटरसाइकलमा ह्यान्डल छोडेर सुतेकै अवस्थामा बाइक कुदाएको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना काठमाडौंको व्यस्त सडकमा भएको थियो।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई ट्याग गर्दै कारबाहीको माग गरेका थिए। त्यसपछि प्रहरी वृत्त कालिमाटीले अनुसन्धान अघि बढाउँदै शुक्रबार ती चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी नियन्त्रणमा पुगेपछि चालकले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले आफ्नो कार्य ट्राफिक नियमविपरीत र अत्यन्त जोखिमपूर्ण रहेको स्वीकार गर्दै आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रहरीले पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवानासँगै ‘सार्वजनिक चेतना’ को माध्यमबाट पनि कारबाही गर्दै आएको छ। यस घटनामा पनि प्रहरीले स्टन्टदेखि स्वीकारोक्तिसम्मको भिडियो सार्वजनिक गरेको छ।

भिडियोको अन्त्यमा प्रहरीले दिएको सन्देश— “सडकमा ब्रेभरी होइन, ब्रेन प्रयोग गर्नुहोस्”— अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ।

पछिल्लो समय ‘भाइरल’ बन्नका लागि सडकमा जोखिमपूर्ण स्टन्ट गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि कडा निगरानी बढाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij